शाहीको चुनावी अभियान तिब्र,२५० बढि एमालेमा प्रवेश ।

सुर्खेत,१५ मंसिर ।
आसन्न प्रतिनीधीसभा निर्वाचन अन्तरगत सुर्खेत क्षेत्र नम्बर १ का बाम गठबन्धनका उमेद्धार ध्रुव कुमार शाहीले भेरी नदीको पानीको सही सदुपयोग गरि जनताको आयस्तर बृद्धी गर्ने दाबी गर्नुभएको छ ।चुनावी सभा अन्तरगत आज लेकबेशी नगरपालीका वडा नम्बर ७ कल्याणमा भएको बृहत आमसभालाइ सम्बोधन गर्दै शाहीले भेरीको पानी लिफ्ट गरी सिंचाइ सुबिधा उपलब्ध गराउनसके कृषी क्षेत्रमा निकै ठुलो फड्को मार्न सकीने बताउनुभयो । त्यसको लागी आफुसंग थुप्रै भिजन भएको भन्दै शाहीले आफुले जिते ५ बर्षभित्र सबै क्षेत्रमा पर्याप्त सिंचाइ पुग्ने गरि कामगर्ने दाबी गर्नुभयो ।

यस्तै ब्यवसायीक पशुपालन,रोजगारी सिर्जना,पर्यटन बिकास लगाएतका आफ्ना एजेण्डा कार्यान्वयनको लागी पनि यतिबेला बाम गठबन्धनको जित अपरिहार्य रहेको शाहीले बताउनुभयो । चुनावी अभियानका क्रममा जनता निकै उत्साही भएको भन्दै शाहीले यसपटक आफ्नो जित शुनिश्चीत रहेको दाबी गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेस परित्याग गरी २५० भन्दा बढी एमालेमा प्रवेश गरेका छन् ।

कार्यक्रममा बोल्दै प्रदेशसभाका उमेद्धार खड्क खत्रीले बिकासको दृष्टीबाट पछी परेको आफ्नोलाइलाइ ५ बर्षभित्र जनताले महसुस गर्ने गरि काम गर्ने दाबी गर्नुभयो । कार्यक्रममा बामगठबन्धनसम्बद्ध अन्य नेताहरुले समेत बाम गठबन्धनले जित पश्चात बिकास र समृद्धीको सपना पुरा हुने बताउनु भएको थियो ।

 

प्रतिक्रया दिनुहोस्