विद्यार्थिको शारीरिक, मानसिक बिकासकालागी खेलकुद अनिवार्य :रावत ।

कोहलपुर, १५ मंसिर ।
कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले विद्यार्थिको शारीरिक, मानसिक तथा शैक्षिक क्षेत्रको  विकासका निम्ति खेलकुद प्रतियोगिता अनिवार्य भएको बताएका छ्न ।कोहलपुरमा रहेका सस्थागत विद्यालयहरुको छाता संगठन (क्रीसा) को आयोजनामा आजदेखी दुरु भएको  नवौ क्रीसा खेलकुद प्रतियोगिताको उदघाटन गर्दै उनके विद्यार्थिलाई शैक्षणिक क्रीयाकलापमा शारीरिक तथा मानसिक हिसाबले स्वस्थ, तन्दुरुस्त पार्नकालागी यसको महत्वपूर्ण भुमिका रहने उल्लेख गरे । उनले विद्यार्थिलाई शैक्षिक क्रीयाकलापले आन्तरिक तथा बार्ह्य क्रीपाकलाप गर्नमा समेत योगदान पुराउने भएकाले उनिहरुको व्यक्तित्व बिकासमा समेत खेलकुदको निकै मह्त्व भएको बताए ।

विद्यार्थि र विद्यालयलाई राष्ट्रिय तथा अन्तरास्ट्रिय क्षेत्रमा परिचित बनाउन यसको मुख्य भुमिका रहने भएकाले खेककुद प्रतियोगिता विद्यार्थिको लागि एक अभिन्न अङ्ग भएकाले कोहलपुरमा खेलकुद र खेलाडीका निम्ति आफुले सक्दो सहयोग गर्ने बताए । उनले खेलकुदको विकासका निम्ति कोहलपुरमा रहेक्क खेल मैदानलाई रंगशालाको रुपमा बिकास गरिने र यसकालागी आबस्यक बजेट्को ब्यबस्थापन गर्ने उनले बताए ।

आजदेखि औपचारिक रूपमा सुरु भएको प्रतियोगितामा कोहलपुरमा रहेका क्रीसामा आबद्ध सस्थागत (३६) विद्यालयका झन्डै १५ सय विद्यार्थिहरुले सहभागीता छ  । विद्यालयस्तरमा हुने क्रीसा खेलकुद प्रतियोगिता लाई जिल्लाकै सबैभन्दा ठूलो प्रतियोगिताका रुपमा समेत लिने गरिन्छ ।

आयोजकका अनुसार विद्यार्थिहरुलाई पाठ्यपुस्तक भन्दा पनि ब्यबहारिक ज्ञान्मा बढी जोड दिन र उनिहरुको शारीरिक, मानसिक, शैक्षिक तथा खेलकुदका क्षेत्रमा उनिहरु भित्र भएको अन्तरनिहित प्रतिभालाई उजागर गर्नकासाथै देश बिदेशमा समेत चिनाउनका लागि प्रतियोगिताको आयोजना गरिएको हो ।

क्रीसाले हरेक बर्ष कोहलपुरमा आयोजना गर्दै आएको प्रतियोगितालाई यस पटक भने केही हेरफेर गरिएको छ । प्रतियोगिताम समावेस हुने खेलमा यस पटक विस्वव्यापी परिचित तीन खेल क्रीकेट, भलिबल र
फुटबल समावेस गरिएको छ । प्रतियोगिता १८ गतेसम्म चल्नेछ ।

 

प्रतिक्रया दिनुहोस्