टीकापुरमा ककस कार्यक्रम हुने ।

लोकेन्द्र रावल टीकापुर, १५ मंसिर ।
टीकापुरमा आसन्न प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनलाई मध्ये नजर गर्दै ककस कार्यक्रम हुने भएको छ ।टीकापुर जेसीज, नारायणपुर जेसीज र जोशीपुर जेसीजको संयुक्त आयोजनामा ककस कार्यक्रम हुन लागेको हो । शुक्रबार टीकापुर जेसीजले आयोजना गरेको पत्रकार सम्मेलनमा ककस कार्यक्रम यहि मंसिर १७ गते ठीक दिउँसो १ बजे टीकापुर नगरपालिका वडा नं. १ स्थित नेपाल बैंक लिमिटेडको ठीक सामुन्नेमा रहेको पारिजात चोक पिपल चौतारामा हुने टीकापुर जेसीज २०१७ का अध्यक्ष टेकराज रेग्मीले बताउनुभयो ।

कैलाली क्षेत्र नं. १ का प्रतिनिधी सभा र प्रदेशसभाका उम्मेदवारहरु का योजना र प्रतिवद्धता के छन जनताहरुलाई जानकारी होस् भन्ने उद्देश्यले ककस कार्यक्रमको आयोजना गरेको अध्यक्ष रेग्मीले बताउनुभयो । ककस कार्यक्रममा कैलाली क्षेत्र नं. १ का प्रतिनिधिसभा र प्रदेश सभाका उम्मेदवारहरुको उपस्थिती रहेन छ । रेग्मीले जनताहरुले प्रतिनिधि सभाका उम्मेदवारहरुलाई प्रश्न गर्न पाउने र प्रदेशसभाका उम्मेदवारहरु लाई प्रश्न गर्न नपाउने बताउनुभयो । तर प्रदेशसभाका उम्मेदवारहरुले आफ्ना योजना र प्रतिवद्धता जनताहरु माझ राख्न पाउने बताउनुभयो ।

पत्रककार सम्मेलन टीकापुर जेसीज २०१७ का अध्यक्ष टेकराज रेग्मीको अध्यक्षतामा भएको थियो भन्ने संचालन महासचिव गणेश साउँदले गर्नुभएको थियो ।जेसिजले यस अघि पनि यस क्षेत्रमा हुने विभिन्न निर्वाचनहरुको पूर्व सन्ध्यामा ककस कार्यक्रम गर्दै आईरहेको छ ।

 

प्रतिक्रया दिनुहोस्