शिखर जडिबुटी उत्पादक सहकारी सस्था कोहलपुरको ७ औ बार्षिक साधारणसभा सम्पन्न ।

कोष खड्का कोहलपुर, १६ मंसिर ।
शिखर जडिबुटी उत्पादक सहकारी सस्था लिमिटेड कोहलपुर ११ बाकेको सातौ बार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।दिगो विकास लक्ष्य प्राप्तिकालागी सहकारी भन्ने नाराका साथ सस्थाको ७ औ बार्षिक साधारणसभाको जिल्ला सहकारी संघ बाकेका अध्यक्ष प्रेम प्रसाद सुबेदीले उद्घाटन गरेका छ्न । साधारणसभाको उदघाटन गर्दै उनले शिखर जडिबुटी सहकारी सस्था नामको मात्र नभइ कामको समेत अग्रणी सस्थाका रूपमा रहेको बताए ।

उनले शिखर जिल्लाकै एक उत्कृष्ट सहकारी सस्था भएको बताउदै नीति, विधि र प्रबिधिका साथ कामलाई अगाडि बढाएका खण्डमा सबै सहकारी आ-आफ्नो क्षेत्रमा अब्बल बन्ने बिचार व्यक्त गरे । उनले सहकारी सस्था भनेको समाज र राष्ट्रको समेत आर्थिक क्षेत्रलाई मजबुत पार्ने एक महत्वपूर्ण क्षेत्र भएकाले समय अनुसार प्राविधिक क्षेत्रलाई बलियो बनाउन आवश्यक रहेकोमा जोड दिए ।

सहकारीले आफ्नो ७ औ बार्षिक साधारणसभाको अबसरमा संचालक समितिका सचीवद्वारा प्रस्तुत साङ्गठनिक प्रतिबेदन (२०७४) प्रस्तुत गरिएको थियो । कार्यक्रममा सस्थालाई ब्यबस्थित बनाउनकालागी आर्थिक बर्ष २९७४/७५ मा गरिने नीति, विधि र प्रबिधीमा अझ विशेष तरिकाले अगाडि बढ्ने महत्वपूर्ण कार्ययोजना अघि सारिएको छ ।

कार्यक्रममा सस्थाले विभिन्न बिधाका ब्यक्तीलाई सम्मान समेत गरेको थियो । सम्मानित हुनेमा बाल बचततर्फ मानव बिसि र आयुशा बिसि रहेका छ्न । यसैगरी खुत्रुके बचत तर्फ स्वस्तिका चौधरी र सुवाश बिष्ट, युवा बचतकर्तामा ज्योती  खनाल ,गहना बचततर्फ जय खड्का, समूह बचततर्फ शुसिला रेग्मी, र बम बहादुर खडकालाई सम्मान गरिएको छ ।

यस्तै उत्कृष्ट समूह रिणतर्फ मिना घले र कालिका सिंह ठकुरी, युवा स्वरोजगारमा रिणलिने गिता गुप्ता , फुलमाया बिकलाई सम्मान गरिएको उक्त सहकारी सस्थाले जनाएको छ । कार्यक्रममा सास्कृतिक प्रस्तुति समेत प्रस्तुत  गरिएको थियो । कार्यक्रम सस्थाका अध्यक्ष नवराज उपाध्यायको सभापतित्वमा सम्पन्न भएको हो ।

 

प्रतिक्रया दिनुहोस्