द्वन्द व्यबस्थापनका लागि जनचेतनामुलक सडक नाटक प्रस्तुत ।

कल्पना कार्की कोहलपुर,१६ मंसिर ।
समाजमा द्वन्द ब्यबस्थापन र आपसि सद्भाब कायम राख्नका लागि बाकेको कोहलपुर नगरपालिका वडा न ३ मा आज जनचेतनामूलक सडकनाट्क प्रस्तुत गरिएको छ ।मानबअधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र र डाइनामिक युथ क्लबकाको आयोजना तथा संक्रमकालिन न्याय तथा शान्ति मंचको समन्बयमा जनचेतनामुलक सडकनाटक प्रस्तुत गरिएको हो ।सडकनाटक मार्फत समुन्नत समाज निर्माणका निम्ति आपसी समन्वय, सद्भाव र सामाजिक मेलमिलापको भावना जागरुक राख्न तथा आपसि सद्भाब कायम राखौ भन्ने मुल सन्देश प्रबाह गरिएको थियो । कार्यक्रम सयौ दर्शकहरुको सहभागिता रहेको उक्त क्लबका अध्यक्ष भुबन भर्टराई ले जानकारी दिए ।

 

प्रतिक्रया दिनुहोस्