केपी ओलीलाई कांग्रेसमा आउन शेखरको सुझाव ।

पथरी १८ मोरङ ।
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले बिपीको विचारको अनुयायी भएको बताउने नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कांग्रेसमा आउन सुझाव दिएका छन् ।  कांग्रेस मोरङ क्षेत्र न. ६ को आज विराटनगरमा भएको चुनावीसभालाई सम्बोधन गर्दै डा कोइरालाले भने,“विपी कृष्णप्रसादको माया छ भने, ओलीज्यू, कांग्रेसमा आउनुस् ।” उनले देशको विकास, समृद्धि तथा स्थानीयस्तरमा सडक, ढल, नाला निर्माण शुद्ध खानेपनी, शिक्षा, स्वास्थ्य क्षेत्रको विकासका लागि कांग्रेसलाई मतदान गर्न आग्रह समेेत  गरे ।

सो क्षेत्रमा वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा लालबाबु पण्डित तथा प्रदेशसभामा रमेशप्रसाद पोखरेल चुनावी मैदानमा छन् । रासस

 

प्रतिक्रया दिनुहोस्