30 May 2020  |   शनिबार, जेष्ठ १७, २०७७

इजरायलमा बृहत आध्यात्मिक प्रवचन कार्यक्रम हुँदै ।

    | प्रकाशित मितिः आइतवार, पुस ९, २०७४  

काठमाडौ,९ पुस ।
राष्ट्र, राष्ट्रियता, स्वाभिमान र मौलिक धर्म संस्कार संरक्षणको अभियान भन्ने मुल नाराका साथ स्थापना गरिएको ॐ जन जागरण नेपाल शाखा इजरायलको आयोजनामा बृहत आध्यात्मिक प्रवचन कार्यक्रम हुने भएको छ ।कार्यक्रम आगामी फेब्रुअरी दुई मा इजरायलको नेवासन  तेलअविव बसपार्कमा हुने आयोजकले जनाएको छ । उक्त बृहत आध्यात्मिक प्रवचन कार्यक्रममा हिन्दुत्व जागरण अभियानका अभियन्ता, दार्शनिक तथा विश्व  हिंदू परिषद नेपाल, राष्ट्रिय धर्म अनुष्ठान विभागका प्रमुख कथा ब्यासाचार्य  युवागुरु विष्णु प्रसाद ज्ञवालीको विशेष प्रवचन हुने ॐ जनजागरण नेपाल इजराइलका प्रमुख उपाध्यक्ष भक्तीप्रसाद  सापकोटाले हिमाली टाइम्सलाई जानजारी दिए ।

नेपालमा जस्तै इजरायलमा पनि  महा-शिवरात्री तथा श्री स्वस्थानी ब्रतकथा समापन (साङ्गे) को अवसर पारी यहाँ रहेका नेपालीहरुलाई आध्यात्मिक कुराको जानकारी र हिन्दु धर्म सस्कृती तथा परम्पराको बारेमा उल्लेखनीय जानकारी दिनुका साथै सनातन हिन्दु धर्म संरक्षणको अभियानमा सकृय बनाउनका निम्ति कार्यक्रमको आयोजना गरिएको उनले बताए । उनले कार्यक्रमलाई एतिहासिक तवरबाट सफल पार्नका निम्ति आबस्यक गृहकार्य तिव्र पारिएको बताए ।

कार्यक्रममा  हिन्दु धर्मालम्वीहरुको वि्शेष धार्मिक पर्व श्री  स्वस्थानी ब्रतकथाको समापन  तथा महाशिवरात्रीको अवसरमा आयोजना गरिने वृहत धार्मिक प्रवचन कार्यक्रम भएकोले मौलिक धर्मालम्वीहरु हिन्दु वौद्द, किराँतहरुले पनि आध्यात्मिक लाभ लिन सकिने  आयोजकले जनाएको छ ।

आयोजकले कार्यक्रमलाई भब्य र सभ्य  रुपमा सफल पार्नका निम्ति सहयोग गरिदिन  इजरायलस्थित  बिभिन्न संघ/संस्था,सञ्चारकर्मि तथा सम्पूर्ण इजरायलबासी नेपालीहरुमा हार्दिक अपिल समेत गरेको छ ।

 

प्रकाशित मितिः आइतवार, पुस ९, २०७४     12:33:10 AM  |

प्रतिक्रया दिनुहोस्