22 April 2019  |   सोमवार, बैशाख ९, २०७६

कक्षा ११ र १२ को परीक्षा फारम भर्न छुटेकाले पुनः भर्न पाउने ।

    | प्रकाशित मितिः बिहिबार, चैत्र २२, २०७४  

काठमाडौ , २२ चैत– आगामी वैशाख/जेठमा सञ्चालन हुन गइरहेको कक्षा ११ र १२ को परीक्षामा फारम भर्न छुटेका विद्यार्थी एवं विद्यालयले पुन: फारम भर्न पाउने भएका छ्न ।

राष्ट्रिय परीक्षा बोर्डले परिक्षाकालगी फारम भर्न छुटेका
विद्यार्थी एवं विद्यालयलाइ  अन्तिम मौका दिएको हो । परीक्षा फारम भर्न छुटाएका विद्यालय एवं विद्यार्थीले दोब्वर दस्तुर तिरेर आगामी चैत्र २५ गतेभित्र पुनः बुझाउन सक्नेछन ।

देशभर ५५८ विद्यार्थीले परीक्षा फारम भर्न छुटाएपछि दोब्बर दस्तुर र जरिवाना तिरेर भर्न पाइने व्यवस्था गरिएको बोर्डले जनाएको छ । परीक्षाका लागि देशभर गत वर्षभन्दा ५७ परीक्षा केन्द्र थप गर्दै बोर्डले एक हजार ४९ केन्द्र निर्धारण गरेको छ ।

आगामी वैशाख १४ गतेबाट सुरु हुने कक्षा १२ को परीक्षा ३० गते सम्पन्न हुनेछ भने वैशाख ३१ गतेबाट कक्षा ११ को परीक्षा शुरु हुनेछ ।

प्रकाशित मितिः बिहिबार, चैत्र २२, २०७४     8:51:08 PM  |

प्रतिक्रया दिनुहोस्