19 February 2019  |   मङ्लबार, फाल्गुन ७, २०७५

जंगलीहात्तीको आक्रमणबाट दुई महिलाको मृत्यु

    | प्रकाशित मितिः बिहिबार, मंसिर १३, २०७५  

चितवन। चितवनको माडीमा जंगलमा घाँस काट्न गएका दुई महिलाको जंगलीहात्तीको आक्रमणमा परी ज्यान गएको छ ।हात्तीको आक्रमणबाट माडी नगरपालिका वडा नम्बर–९ की ६० वर्षीया तिर्सनाकाली पौडेल र ३५ वर्षीया सुशीला भण्डारीको मृत्यु भएको हो ।

रीउ खोलाको किनारमा घाँस काट्न गएका उनीहरुलाई जंगलीहात्तीले बुधबार दिउँसो आक्रमण गरेको प्रहरीले जनाएको छ ।शवको पोस्टमार्टमका लागि भरतपुर लगिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रकाशित मितिः बिहिबार, मंसिर १३, २०७५     12:14:56 AM  |

प्रतिक्रया दिनुहोस्