22 April 2019  |   सोमवार, बैशाख ९, २०७६

मोडल सन्जिब ठकुरीको मर्मस्पर्शी गीत “मेरी आमा”सार्वजनिक (भिडियोसहित)

    | प्रकाशित मितिः बुधबार, पुस १८, २०७५  

काठमाडौं । मोडल सन्जिब ठकुरीको मर्मस्पर्शी गीत “मेरी आमा” हालै मात्र  सार्वजनिक भएको छ। सुन्दा सबैलाई आमा शब्द नै प्यारो लाग्छ ।

आमाप्रति समर्पित यस गीतमा राम कुमार नेपाली आर.के. को स्वर रहेको छ भने अशोक केसीको शब्द, नेत्र बन्धन केसीको संगीत रहेको छ । विक्रम चौहानको निर्देशन रहेको यो गीतमा मिलन बिकको सम्पादन तथा दुर्लभ श्रेष्ठको छायांकन रहेको छ ।

उक्त गीतको भिडियोमा सन्जिब ठकुरी, उनकी आमा बिन्दा ठकुरी र बुवा उद्धव ठकुरीको अभिनय देख्न सकिन्छ। यो गीतको म्युजिक भिडियोलाई सन्जिब ठकुरीकै अफिसियल युटुब च्यानल मार्फत बजारमा ल्याईएको हो।

भिडियो हेर्नुहोस ।

प्रकाशित मितिः बुधबार, पुस १८, २०७५     1:15:16 AM  |

प्रतिक्रया दिनुहोस्