11 June 2019  |   मङ्लबार, जेष्ठ २८, २०७६

माघीमा पाहुनाले भरियो बर्दियाका डल्ला होमस्टे

    | प्रकाशित मितिः मङ्लबार, माघ १, २०७५  

बर्दिया ।माघीकाे अवसरमा विश्वसामु परिचित डल्ला होमस्टे (घरबास) भरिएका छ । बेलायतका राजकुमार हयारी, चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य लिवाहुवा, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत पाहुना त्यहाँ पुगिसकेका छन् ।

डल्ला होमस्टे बर्दिया निकुञ्जसँग जोडिएकाले विभिन्न प्राकृतिक अवलोकन गर्न पाइन्छ । माघीकाे अवसरमा दैनिक हजारौँ आन्तरिक पर्यटक यहाँ आउने गरेका छन् । हाेमस्टेमा विभिन्न प्रकारका खाना खुवाउने गरिन्छ ।

पाहुनाका लागि थारु समुदायले पैया नाच, मघौता नाच, बर्कीमारा नाच लगायत सा‌स्कृतिक कार्यक्रम राख्ने गरेका छन् । निकुञ्ज आसपास मधुवन नगरपालिका, १ मा रहेको रमणीय गाउँका युवाले खाता जैविक मार्गको गाउँ संरक्षण गरे पनि प्रचारप्रसार अभावले ओझेलमा परेको नगरपालिकाका प्रमुख गणेश केसीले बताए ।

डल्ला घरबास सञ्चालन समितिका अध्यक्ष तथा १ नं का वडाध्यक्ष परशुराम योगी थारुले होमस्टे भरिभराउ रहेको बताएका छन् । माघीमा ठाकुरबाबा मन्दिरको दर्शन गर्न नेपालको पूर्वदेखि पश्चिमका थारु आउने गर्दछन् । डल्ला क्षेत्रलाई पर्यटकीय केन्द्रमा विकास गर्न नगर परिषद्ले चालु आवमा दुई लाख बजेट छुट्याएको छ ।

प्रकाशित मितिः मङ्लबार, माघ १, २०७५     7:02:37 AM  |

प्रतिक्रया दिनुहोस्