20 November 2019  |   बुधबार, मंसिर ४, २०७६

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिदेव प्रधानमन्त्री ओलीलाई बुझाइयो

    | प्रकाशित मितिः मङ्लबार, माघ १, २०७५  

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिदेव प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजितहस्तान्तरण कार्यक्रममा प्रतिवेदन बुझ्दै प्रधानमन्त्री ओलीले निजी विद्यालयलाई हटाउँदा स्थिीति के होला भन्ने भन्दै निजी क्षेत्रलाई माया गरेर र फूल्क्याएर राख्नुपर्ने बताएका छन् ।

उनले सामुदायिक विद्यालयको स्तर निजीजस्तै माथी उठाएपछि निजी विद्यालयलाई भाग्नुपर्ने अवस्थामा ल्याउने तर्क गरे । प्रधानमन्त्री ओलीले सामुदायिक विद्यालयको शिक्षाले निजी स्तरको क्वालिटी शिक्षा प्रदान गर्न नसेकेको बताउँदै भने बाहिरबाट स्कलरसिपसमेत आउन बन्द हुने बताए ।

उनले सामुदायिकका विद्यार्थीहरुले त्यो ‘क्राइटेरिया मिट’ गर्न सक्ने बनाएपछि निजी विद्यालयहरु स्वयम भाग्नुपर्ने तर्क प्रस्तुत गरेका थिए । प्रधानमन्त्रीको उक्त अभिव्यक्ति निजी विद्यालयलाई पोस्ने किसिमको रहेको शिक्षाविद्हरुले बताएका छन् ।

यसअघि प्रधानमन्त्रीलाई बुझाइएको प्रारम्भिक समस्यौदामा आयोगले कम्पनी स्वामित्वमा रहेका नाफामूलक निजी विद्यालयलाई आगामी ७ वर्षभित्र सामुदायिक विद्यालय अथवा गैरनाफामुलक सार्वजनिक गुठीमा रुपान्तरण गर्ने नीति अपनाइने छ भन्ने उल्लेख गरेको थियो ।

राष्ट्रिय सम्मेलनमा प्रस्तुत मस्यौदाको विरोधमा केही निजी विद्यालयका संचालकहरुले आपत्ति जनाएपछि भने ७ वर्षको अवधिलाई ३ वर्ष थप गरेर १० वर्ष बनाइएको छ ।

प्रारम्भिक मस्यौदामा गैरनाफामुलक सामुदायिक गुठीमा रुपन्तरित भएका निजी विद्यालयलाई शिक्षक तालिम, भूमिकर, गाडी, सूचना प्रविधि सामग्री र कम्प्युटरको भन्सारमा महशुल र आयकरमा ५० प्रतिशत छुट दिने उल्लेख गरेको छ । भने त्यस्ता निजी विद्यालयहरुले विदेशी विद्यार्थी र उच्चमध्यम बर्गका विद्यार्थीको हकमा तोकिएको शुल्क लगाउन सक्ने भनी उल्लेख गरेको छ ।

मन्त्रालय स्रोतका अनुसार सरकारले माध्यमिक शिक्षालाई वि.सं २०८५ भित्र सबैकोलागि अनिवार्य र निशुल्क बनाइने उद्देश्यको आधारमा १० वर्षभित्र निजी विद्यालयलाई सार्वजनिक गुठीमा रुपान्तरण गर्ने नीति अपनाउन लागेको जानकारी दिए ।

 

प्रकाशित मितिः मङ्लबार, माघ १, २०७५     7:18:41 PM  |

प्रतिक्रया दिनुहोस्