24 October 2019  |   बिहिबार, कार्तिक ७, २०७६

झन्डै ७५ हजार कर्मचारीले समायोजन रोजे, फाराम भर्ने आज अन्तिम दिन

    | प्रकाशित मितिः बुधबार, माघ २, २०७५  

काठमाडौं । समायोजनको फाराम भर्न तोकिएको एक दिन अघि मंगलबार सम्म झन्डै ७५ हजार कर्मचारीले समायोजन रोजेका छन् ।
आज बुधबार समायोनजका लागि फाराम भर्ने अन्तिम दिन तोकिएको छ । गत पुस ११ गतेदेखि संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न सरकारले सञ्चालन गरेको अनलाइनमा कर्मचारीहरुले फाराम भरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जानकारी दिनुभयो ।

फाराम भर्ने म्याद एक सकेन्ड पनि नथप्ने जनाउ“दै मन्त्री पण्डितले चिठी पाएको २१ दिन भित्रमा तोकिएको ठाउ“मा नजाने कर्मचारीलाई कडाईका साथ खटाउने दावी गर्नुभयोे । समायोजनका लागि अनलाइन फारम भरिसकेपछि मन्त्रालयले योग्यताको आधारमा समायोजनको नतिजा निकालेर तीनै तहमा कर्मचारी पठाउने भएको छ ।

मन्त्रालयले गत पुस १८ गते कर्मचारी समायोजन सम्बन्धी २१ दिने सार्वजनिक सूचना प्रकाशित गरेको थियो । मन्त्रालयका अनुसार कर्मचारीहरूले संघ, प्रदेश र स्थानीय तहका लागि अनलाइनबाट फारम भर्न सक्ने छ । सो अनुरुप कर्मचारीहरुले फारम भर्न शुरु गरेका हुन् । मन्त्री पण्डितका अनुसार समायोजन फाराम भर्न दिएको अवधि भित्र फारम नभर्ने कर्मचारीलाई सरकार स्वयंले खटाउने छ ।

निजामती सेवामा प्रवेश गर्ने बेला राखेको नागरिकताको ठेगानाको आधारमा सरकारले कर्मचारी खटाउने छ ।‘ अहिले समायोजनका लागि आफूले जान चाहेको प्रदेश , स्थानीय तह रोज्न दिएका छौं । तोकिएको समयावधिसम्म पनि समायोजनमा जान चाहेनन भने सरकारले नै पठाउने छ ।’ मन्त्री पण्डितले भन्नुभयो ।

तीनै तहमा कर्मचारी पदपूर्ति गर्न यस अघिनै मन्त्रीपरिषदले दरबन्दी स्वीकृत गरेको थियो । केन्द्रमा ४९ हजार ९ सय २०, प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ दरबन्दीमा कर्मचारी समायोजन गर्न लागिएको हो । रोजेको स्थानीय तह जान पाइने, पती वा पत्नी दुवै सरकारी सेवामा भए सकेसम्म एकै स्थान नभए नजिकै खटाइने, ग्रेड वृद्धि तथा सेवा सुविधामा खाइपाइ आएको भन्दा नघट्ने गरी आकर्षक सेवा सुविधा दिएर समायोजन गर्न लागिएको हो। -नेपाल समाचारपत्र

 

प्रकाशित मितिः बुधबार, माघ २, २०७५     6:50:21 AM  |

प्रतिक्रया दिनुहोस्