24 October 2019  |   बिहिबार, कार्तिक ७, २०७६

नयाँ मर्यादाक्रम प्रति सिडिओ असन्तुष्ट

    | प्रकाशित मितिः बुधबार, माघ २, २०७५  

काठमाडौं। सरकारले नयाँ मर्यादाक्रम सार्वजनिक गरेपछि देशभरका प्रमुख जिल्ला अधिकारी (सिडिओ)ले आपत्ति जनाएका छन्। उनीहरुले नयाँ मर्यादाक्रममा संघीय सरकारका प्रतिनिधिसमेत रहेका सिडिओलाई स्थानीय तहका जनप्रतिनिधि सरह राखेर अपमान गरेको भन्दै आपत्ति जनाएका हुन्।

कानुन कार्यान्वयनको क्षेत्राधिकार, भौगोलिक, प्रशासनिक र न्यायिक क्षेत्रलाई समेत ध्यान दिएर मर्यादाक्रम तोक्नुपर्नेमा सरकारले सिडिओलाई र स्थानीय तहका प्रतिनिधिलाई एउटै बास्केटमा राखेको भन्दै उनीहरुले आपत्ति जनाएका छ। ‘देशभरका सिडिओले यसमा आपत्ति जनाएका छन्।

केहीले गृहसचिव प्रेमकुमार राईलाई भेटेर आपत्ति जनाएका छन्। केहीले सहसचिव महादेव पन्थसँग फोनबाट आपत्ति जनाएका छन्। -नागरिक दैनिक

प्रकाशित मितिः बुधबार, माघ २, २०७५     6:53:31 AM  |

प्रतिक्रया दिनुहोस्