18 June 2019  |   मङ्लबार, असार ३, २०७६

कैलालीका तीन स्थानीय तहमा आज सार्वजनिक बिदा

    | प्रकाशित मितिः बुधबार, माघ २, २०७५  

कैलाली। माघीमा कैलालीका तीन स्थानीय तहले माघ २ गते सार्वजनिक बिदा दिएका छन् । टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् ।

ती तहले कार्यपालिका बैठकको निर्णयअनुसार माघीका लागि बिदा थप गरेका हुन् । टीकापुर नगरपालिकाका प्रशासकीय अधिकृत रञ्जु आचार्यले थारू समुदायको मुख्य पर्व अरु समुदायले पनि महत्व दिएर मनाउने भएकाले टीकापुर नगरपालिकामा माघ २ गते बिदा दिनुपरेको बताउनुभयो ।

सार्वजनिक बिदाका दिन स्थानीय तहका कार्यपालिका कार्यालय, वडा कार्यालय र अन्य विषयगत कार्यालय बन्द रहने छन् ।

प्रकाशित मितिः बुधबार, माघ २, २०७५     7:02:22 AM  |

प्रतिक्रया दिनुहोस्