22 September 2019  |   आइतवार, अशोज ५, २०७६

१० मिनेट मात्रै कसरत वा योगाले पनि स्मरण शक्ति बढ्छ !

    | प्रकाशित मितिः बुधबार, माघ २, २०७५  

टोक्यो । हालै गरिएको एक अध्ययनले १० मिनेट मात्रै योगा वा अन्य कसरत गर्दापनि मानिसको स्मरण शक्ति बढ्ने तथ्य बाहिर आएको  छ । जापानको युनिभर्सिटी अफ सुकुबा र अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाका अनुसन्धाताले गरेको अध्ययनका क्रममा यो तथ्य बाहिर आएको हो । 

अध्ययनले धेरै काम गर्न नसक्ने व्यक्तिले पनि न्यूनतम १० मिनेटमात्रै कुनै कसरत गरेमा त्यसले स्वास्थ्यलाई फाइदा पुग्नुका साथै स्मरण शक्ति समेत बढाउने तथ्य देखाएको बताइएको छ ।  यो अनुसन्धानमा रहेका  एक लेखक माइकल यास्साले केही कसरत गरेपछि स्मरण शक्ति बढेको पाइएको जनाएका छन् ।

बाहिर निरन्तर काम नगर्ने मान्छेका लागि यो उपयुक्त हुने उनले उल्लेख गरेका छन् । उनले परीक्षाभन्दा अघि १० वा १५ मिनेटसम्म हिंड्यो भने विद्यार्थीलाई पनि फाइदाजनक हुने बताएका छन् । यसले ‘मेन्टल बूस्ट’ गर्छ उनको भनाई थियो । आफूले विद्यार्थीहरुसँग ‘वाकिङ्ग मिटिङ्ग’ पनि गर्ने गरेको बताएका छन् । वाल्किङ्ग मिटिङ्गमा  हिंड्दै गफ गरिन्छ ।

जीम गरेर शरीर तताउनुपनि राम्रो भएको अगाडिका अनुसन्धानले देखाइसकेका छन् । त्यस्तै पसिना निकाल्नेगरी परिक्षम गर्दापनि मेमोरी बुस्ट हुने जनाइँदै आएको छ । विश्व स्वास्थ्य संगठनले ६५ वर्ष भन्दा बढी उमेरका प्रौढले हप्तामा १५० मिनेट सामान्य खालको कसरत गर्न यसअघि सुझाव दिएको थियो । यदि तपाईं दैनिक ३० मिनेट हिंड्नुहुन्छ भने १० मिनेट थप हिंड्नु जरुरी नहुने  तर शून्यबाट शुरु गर्दा १० मिनेट भनेको न्यूनतम बार अर्थात् ‘थे्रसोल्ड’  जस्तो भएको अनुसन्धाताले जनाएका छन् ।

प्रकाशित मितिः बुधबार, माघ २, २०७५     7:06:22 AM  |

प्रतिक्रया दिनुहोस्