22 April 2019  |   सोमवार, बैशाख ९, २०७६

आगलागी हुँदा पाँच लाख बढीको क्षति

    | प्रकाशित मितिः बुधबार, माघ २, २०७५  

कञ्चनपुर । कञ्चपुरको शुक्लाफाँटा नगरपालिका–८ पिलरीफाँटामा गए राति आगलागीबाट एक घर र गोठ जल्दा पाँच लाख रुपैयाँ बढीको क्षति भएको छ । आगलागीबाट स्थानीय गोपाल भुलको घर र चन्द्रा भुलको गोठ जलेर पूर्णरूपमा नष्ट भएको छ ।

गोपाल भुलको घरमा जडान गरिएको सौर्य बत्तीबाट विद्युत् चुहिएर सल्केको आगोले घरभित्र रहेको चार आना सुन, सोलार प्यानल, खानाका लागि राखिएका धान, गहुँ, चामल, ओढ्ने बिछ्याउने लुगाफाटा, लगाउने लुगा र भाडाकुँडा गरी करीब रु चार लाखको क्षति भएको वडाध्यक्ष बहादुर महराले बताए ।

त्यसैगरी, घरमा लागेको आगो नजिकै रहेको चन्द्र भुलको गोठमा आगो सल्किन पुगी गोठमा राखेको पराल, भुसा र लत्ताकपडासहित एक लाख ५० हजार रुपैयाँ बराबरको सरसामान जलेर नष्ट भएको वडा कार्यालयले जनाएको छ ।

स्थानीयवासी, शुक्लाफाँटा नगरपालिका–८ को वन वातावरण तथा विपत् व्यवस्थापन र वन्यजन्तु सुरक्षा विशेष युनिटको सहयोगमा आगो नियन्त्रणमा आएको वडाध्यक्ष महराले बताएका छन् ।

 

प्रकाशित मितिः बुधबार, माघ २, २०७५     11:41:44 AM  |

प्रतिक्रया दिनुहोस्