20 February 2019  |   बुधबार, फाल्गुन ८, २०७५

१३ वर्षीया बालिकाको बलात्कारपछि हत्या, थुनामा रहेका एक दम्पतीलाई जन्मकैदको सजाय

    | प्रकाशित मितिः बुधबार, माघ २, २०७५  

सुनसरी । १३ वर्षीया बालिका अनुसा राईको बलात्कारपछि हत्या घटनामा पुर्पक्षका लागि थुनामा रहेका एक दम्पतीलाई जन्मकैदको सजाय सुनाइएको छ । सुनसरी जिल्ला अदालत सोमबार धरान–१६, पुन्यमार्गका बलिमान राई र उनकी श्रीमती पदमकुमारी राईलाई जन्मकैदको सजाय सुनाएको हो ।

दम्पती राईले बालीका अनुसालाई धर्मपुत्री बनाएर राखिएका थिए । बालिका अनुसाको २०७३ फागुन १६ गते बलिमानको घरमै बलात्कारपछि हत्या भएको थियो ।

आर्थिक अवस्था नाजुक भएका धरान–१३ का जीतबहादुर राईले आफ्नी छोरी अनुसालाई पढाउन भन्दै धर्मपुत्री बनाउन दिएका थिए । बलात्कारपछि हत्या गरिएकी अनुसाको छिमेकीलाई समेत थाहा नदिई दाहसंस्कार गर्न लागिएपछि स्थानीयहरुले विष खुवाएर हत्या गरेको आशंका गर्दै घटना सार्वजनिक गरेका थिए ।

प्रकाशित मितिः बुधबार, माघ २, २०७५     11:44:48 AM  |

प्रतिक्रया दिनुहोस्