19 February 2019  |   मङ्लबार, फाल्गुन ७, २०७५

गजल – जोगी बन्ने तयारीमा ‘दीपित’

    | प्रकाशित मितिः बुधबार, माघ २, २०७५  

गजल
झ्याप्प दाह्री जुङ्गा, कपाल पालेर जोगी बन्छु
पहेंलो बस्त्र लगाउँछु अरु फालेर जोगी बन्छु।।

न सक्छु घरबार चलाउन, न त बाहिर रमाउन
बरु अब निधार भरी चन्दन टालेर जोगी बन्छु।।

कमण्डलु समाई डुल्छु गाउँगाउँ अनि शहरतिर
अलख निरन्जन भन्ने लय हालेर जोगी बन्छु।।

चट्टै त्याग्छु सुख सयल हिँड्छु आफ्नो मर्जीले
मनबाट इच्छा आकांक्षा निकालेर जोगी बन्छु।।

प्रगति गरेको देख्न सकेनन् दुनियाँले डाहा गरे
सबै अचम्म पर्ने एउटा काम थालेर जोगी बन्छु।।

– दिपेनजी हमाल ‘DS Deepit’
वीरेन्द्रनगर-३, सुर्खेत, कर्णाली प्रदेश, नेपाल
हाल दक्षिण कोरिया

प्रकाशित मितिः बुधबार, माघ २, २०७५     5:28:08 PM  |

प्रतिक्रया दिनुहोस्