24 October 2019  |   बिहिबार, कार्तिक ७, २०७६

कोहलपुरमा दिपक सिंह हत्या प्रकरणमा संलग्न दुई जना प्रहरी नियन्त्रणमा

    | प्रकाशित मितिः बुधबार, माघ २, २०७५  

कोहलपुर । प्रहरीले दिपक सिंह हत्या प्रकरणमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको छ । गएको पुस २६ गते कोहलपुरमा घाँटी रेटेर दिपक सिंह ठकुरीको हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । हत्यामा संलग्नलाई नियन्त्रणमा लिने लिने क्रममा प्रहरीले गोलीसमेत चलाएको छ ।

हत्यामा संलग्न बाँकेको राप्ती सोनारी गाउँपालिका स्थायी घर भएका २१ वर्षिय युवराज गिरीलाई बर्दियाको मधुवन नगरपालिका वडानं.३ वाट नियन्त्रणमा लिएको छ । अभियुक्त गिरी भाग्न खोजेपछि प्रहरीले गिरीको खुट्टामा गोली हानेर नियन्त्रणमा लिएको थियो ।

घटनाको जानकारी दिदै बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहको नेतृत्वमा गएको प्रहरी टोलीले अभियुक्त गिरीलाई नियन्त्रणमा लिने क्रममा गोली चलाउनु परेको बताए ।

मृतक दिपकको घाँटी रेटेर कर्तव्य गरेको घटनामा गिरी संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेपछि बुधवार उनलाई नियन्त्रणमा लिँदा गोली चलाउनु परेको प्रहरीले जनाएको ।

प्रहरी उपरीक्षक पौडेलले हत्यामा संलग्न मुख्य योजनाकार भरत शाहीलाई मंगलवार राती सुर्खेतको पलाँटे बजारबाट नियन्त्रणमा लिए लगत्तै घटनामा संलग्न गिरिको खोजी गरेको थियो । प्रहरीले खोजी गरेको थाह पाएपछि गिरी बर्दियामा लुकेर बसकेको सुचनाको आधारमा पछाउदै जाँदा भग्न थालेपछि गोली चलाउनु परेको बताए ।

‘मुख्य योजनाकार शाहीले मृतक दीपकलाई ‘प्रहरीमा जागिर लगाइदिन्छु’ भन्दै डेढ लाख रुपैयाँ लिएको र जागिर लगाउन नसकेपछि पैसा माग्ने क्रममा विवाद भएको कारण हत्या भएको देखिएको छ । शाही र गिरी दुबैको बराबरको संलग्नता देखिएको छ’–प्रहरी उपरीक्षक पौडेलले भने ।

गत पुस २६ गते अगाडिबाट घाँटी रेटेको अवस्थामा मृतक दिपकको शव ईलाका प्रहरी कार्यालय कोहलपुरदेखि करिव ५सय मिटरको दुरीमा भेटिएको थियो । मृतकलाई प्रहरीमा जागिर लगाउन नसकेपछि विवाद बढ्दै जाँदा भरतले गिरीको सहयोगमा दिपकलाई घाँटी रेटेर, चुप्पी प्रहार गर्दै विभत्स तरिकाले हत्या गरेको अनुसन्धानले देखाएको प्रहरीको भनाई छ । –राजधानी

प्रकाशित मितिः बुधबार, माघ २, २०७५     7:49:58 PM  |

प्रतिक्रया दिनुहोस्