22 April 2019  |   सोमवार, बैशाख ९, २०७६

विश्वकै ठूलो ज्यान भएका ख्यातिप्राप्त बडिबिल्डर विङ्कलार नेपाल आउने

    | प्रकाशित मितिः बुधबार, माघ २, २०७५  

काठमाडौं। ख्यातिप्राप्त बडिबिल्डर रोली विङ्कलार नेपाल आउने भएका छन्। आगामी फागुन ३ र ४ गते काठमाडौंमा हुने प्रोफेसनल लिग बडिबिल्डिङ च्याम्पियनसिप २०१९ प्रो क्वालिफायरमा लागि विङ्कलार नेपाल आउन लागे हुन्। उनी गेस्ट पोजरको लागि नेपाल आउन लागेका हुन्। 

उनी यस वर्षको आर्नोल्ड क्लासिक विजेता हुन्।  ‘द विस्ट’ र ‘सामुराई’ को उपनामले चिनिने  उनी विश्वको सबैभन्दा ठूलो ज्यान भएका व्यक्ति हुन्। उनको हातको पाखुरा मात्र २४ इन्चको छ।

आयोजक आइएफबीबी लिग नेपालले बुधवार पत्रकार सम्मेलन गर्दै विङ्कलार नेपाल जानकारी दिएको हो।। सन् २०१३ देखि लगातार मिस्टर ओलम्पियामा प्रतिस्पर्धा गरेका विङ्कलार २०१८ मा तेस्रो भएका थिए।बडिबिल्डिङको सबैभन्दा ठूलो प्रतियोगिता मानिने मिस्टर ओलम्पियामा भाग लिन प्रो कार्ड आवश्कता पर्छ र त्यसका लागि प्रो कार्ड अनिवार्य लिनुपर्ने हुन्छ। g

नेपालमा आगामी हुने प्रो क्वालिफायरमा चार क्याटेगोरी प्रो कार्ड रहेका छन्। ‘मेन्स फिजिक’, ‘मेन्स क्लासिक फिजिक’ ‘मेन्स बडिबिल्डिङ,’ र महिलातर्फको ‘ओमन फिजिक’मा ‘प्रो कार्ड’ का लागि प्रतिस्पर्धा हुनेछ। ४ विधाका च्याम्पियनले मिस्टर ओलम्पियामा भाग लिने अवसर पाउनेछन्। प्रो क्वालिफायर फागुन ३-४ गते प्रज्ञा भवनमा हुनेछ।

तीन पटकका मिस्टर नेपाल र दुई पटकको धर्मश्री च्याम्पियन सानु गुरुङले आइएफबीबीको फेन्चाइज नेपाल भित्र्याएर प्रो क्वालिफायर आयोजना गर्न लागेका हुन्। पहिलो पटक नेपालमा आयोजना हुन लागेको आइएफबीबी प्रोफेसनल लिग प्रो क्वालिफायरमा भाग लिन विश्वका सय भन्दा बढी देशका बडिबिल्डरहरु नेपाल आउँदैछन्।

प्रो क्वालिफायरमा सहभागिता जनाउने विदेशी खेलाडीले २५० र नेपाली खेलाडीले २०० अमेरिकी डलर दर्ता शुल्य तिर्नुपर्ने गुरुङले जानकारी दिए। प्रो क्वालिफायरमा अमेरिका, बेलायत, फ्रान्स, इटाली, चीन, जापान, रुस, भारत, साउदी अरेबिया, पाकिस्तान, बंगलादेशलगायत २० भन्दा बढी राष्ट्रका खेलाडी नेपाल आउने आयोजकले जनाएको छ। यस्तै जजहरु समेत विदेशबाट नै आउने सानु गुरुङले बताए।

प्रकाशित मितिः बुधबार, माघ २, २०७५     8:48:32 PM  |

प्रतिक्रया दिनुहोस्