25 May 2019  |   शनिबार, जेष्ठ ११, २०७६

अगरबत्तीको प्याकेटभित्र हालेर चरेसको व्यापार

    | प्रकाशित मितिः बुधबार, माघ २, २०७५  

काठमाडौं । अगरबत्तीको प्याकेटभित्र हालेर चरेसको व्यापार हुने गरेको तथ्य बुधबार सार्वजनिक गरिएको छ ।

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले लामा अगरबत्तीको प्याकेटभित्र लुकाएर हङकङ पठाउन लागिएको अवस्थामा १५ किलो ५०० ग्राम चरेससहित एक महिलालाई पक्राउ गरेपछि उक्त तथ्य बाहिर आएको छ ।

पक्राउ पर्नेमा नुवाकोटकी २९ वर्षीय कान्छीमाया घले रहेको ब्यूरोका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।दुईओटा ठूलो प्याकेटमा अगरबत्ती राखेर वैदेशिक भन्सार हुलाक कार्यालय सुन्धाराबाट हङकङ पठाउनेक्रममा बुधबार सोे चरेस फेलापरेको हो ।

‘प्याकेट जोख्दा अस्वाभाविक तौल फेलापरेपछि कर्मचारीले खबर गर्नुभयो । तत्कालै गएर अनुसन्धान गर्दा प्याकेटभित्र कागजमा बेरेर भित्र चरेस र बाहिर अगरबत्ती फेलापर्‍यो’–जोशीले रासससँग भने ।मेसिनले पेलेर पातलो बनाइ कागजमा बेरेर राखिएको अवस्थामा चरेससहित १४८ प्याकेट अगरबत्तीसमेत फेलापरेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मितिः बुधबार, माघ २, २०७५     8:52:18 PM  |

प्रतिक्रया दिनुहोस्