22 September 2019  |   आइतवार, अशोज ५, २०७६

बिक्रम पाण्डे ४ करोड धरौटी बुझाएर रिहा भए

    | प्रकाशित मितिः बुधबार, माघ २, २०७५  

काठमाडाैं । राप्रपा प्रजातान्त्रिकका नेता तथा पूर्वमन्त्री बिक्रम पाण्डे ४ करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । भ्रष्टाचार गरेको अभियोगमा उनलाई अख्तियार दुरुपयोग आयोगले विशेष अदालतमा मुद्दा दायर भएको थियो । मुद्दा दायर भएपछि फरार रहेका पाण्डेलाई अदालतले १५ दिनको म्याद दिएर हाजिर हुन भनेको थियो । उनी म्यादभित्रै अदालतमा हाजिर भए ।

अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीसद्वय चण्डीराज ढकाल र नारायणाप्रसाद पोखरेलको संयुक्त इजलासले ४ करोड धरौटी माग गरेको थियो र सो बराबरको रकम बुझाएपछि उनी रिहा भएका हुन् । कालिका कन्स्ट्रक्सनका मालिक पाण्डेसँग दुई अर्ब १३ करोड ७६ लाख ८० हजार विगो र दुई वर्ष कैद सजायको माग गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको थियो ।

प्रकाशित मितिः बुधबार, माघ २, २०७५     8:53:55 PM  |

प्रतिक्रया दिनुहोस्