17 June 2019  |   सोमवार, असार २, २०७६

युवती बेच्ने युवकलाई २० वर्ष कैद

    | प्रकाशित मितिः बुधबार, माघ २, २०७५  

नुवाकोट। युवतीलाई ललाइफकाइ भारतमा बिक्री गरेको कसुरमा दोषी ठहर गर्दै एक युवकलाई अदालतले २० वर्ष कैद सजायको फैसला गरेको छ । दुप्चेश्वर गाउँपालिका–३ राउतबेंसीका २८ वर्षीय कृष्णबहादुर तामाङलाई न्यायाधीश ऋषिकेश वाग्लेको एकल इजलासले दोषी ठहर गर्दै सो फैसला गरेको हो ।

१८ वर्षीया युवतीलाई तामाङले चार वर्षअघि भारत लगेर बिक्री गरेको प्रहरीले जनाएको छ । वि.सं २०७१ १९ कात्तिकमा हराएकी युवतीको परिवारले जिल्ला प्रहरी कार्यालयमा आरोपी तामाङविरुद्ध उजुरी दिएका थिए ।

फरार आरोपी तामाङलाई प्रहरीले काठमाडौँबाट २०७३, १७ मङ्सिरमा गिरफ्तार गरी नुवाकोट ल्याएर अनुसन्धान थालेको थियो । पीडित युवतीलाई भारतीय प्रहरीले उद्धार गरी विसं २०७३ मा नेपाल फर्काएको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः बुधबार, माघ २, २०७५     8:55:31 PM  |

प्रतिक्रया दिनुहोस्