17 February 2019  |   आइतवार, फाल्गुन ५, २०७५

वायु सेवा निगमको बोइङ विमान मर्मत गरेर ल्याएकै दिन ग्राउन्डेड

    | प्रकाशित मितिः बिहिबार, माघ ३, २०७५  

काठमाडौं।सामान्य मर्मतका लागि मलेसिया पठाएको नेपाल वायुसेवा निगमको एक मात्र वोइङ विमान बुधबार ८१ दिनपछि काठमााडैं आइपुग्यो।

काठमाडौंमा अवतरण नहुँदै ककपिटको विन्डसिल्ड (हावा रोक्ने भित्री भागको सिसा) आकाशमै चर्किएपछि फेरि ग्राउन्डेड भएको छ। निगम स्रोतका अनुसार मलेसियाबाट बुधबार मर्मत गरेर ल्याइएको विमान भारतीय आकाशमा आइपुग्दा ककपिटको दायाँतर्फको विन्डसिल्ड चर्किएको छ। ‘

कोलकता पुग्नै लाग्दा को–पाइलटतफएको अगाडिको सिसाको एउटा तह चर्कियो,’ स्रोतले भन्यो, ‘ककपिटमा तीन तहमा सिसा राखिएको हुन्छ। तीमध्ये रसायन प्रयोग गरेर बनाइएको पारदर्शी प्लास्टिकयुक्त सिसा चर्किएको हो।’ -कान्तिपुर दैनिक

प्रकाशित मितिः बिहिबार, माघ ३, २०७५     7:26:51 AM  |

प्रतिक्रया दिनुहोस्