22 April 2019  |   सोमवार, बैशाख ९, २०७६

‘टुटल’ र ‘पठाओ’लाई नरोक्न प्रधानमन्त्रीको निर्देशन

    | प्रकाशित मितिः बिहिबार, माघ ३, २०७५  

काठमाडौँ।प्रधानमन्त्री केपी शर्मा ओलीले मोटरसाइकलमा यात्रु ओसार्ने सेवाका लागि मध्यस्थता गर्ने ‘टुटल’ र ‘पठाओ’लाई रोक नलगाउन निर्देशन दिएका छन् ।

उनले यस्ता सेवालाई व्यवस्थापनको बाटो अपनाउन सकिने तर अहिले जे अवस्थामा छ, चलिरहेको छ, त्यस्तै छोडिदिन भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठलाई निर्देशन गरेका हुन् ।

मन्त्री महासेठकै निर्देशनअनुसार ट्राफिक प्रहरीले यस्ता सेवामा रोक लगाएको थियो । तर, यो सेवा रोकेकामा सर्वसाधारणबाट समेत सरकारको आलोचना भएपछि प्रधानमन्त्री ओलीले महासेठलाई यस्ता विषयहरुमा ‘ह्याभोक क्रिएट’ नगर्न भनेका हुन् ।

प्रकाशित मितिः बिहिबार, माघ ३, २०७५     7:50:45 AM  |

प्रतिक्रया दिनुहोस्