24 October 2019  |   बिहिबार, कार्तिक ७, २०७६

मालढुंगामा बस दुर्घटना पाँचको मृत्यु,३६ घाइते

    | प्रकाशित मितिः बिहिबार, माघ ३, २०७५  

पर्वत । यहाँको कुश्मा नगरपालिका वडा नं. १ मालढुंगामा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा परी तीन जनाको घटनास्थलमा र दुई जनाको अञ्चल अस्पताल बागलुङ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

म्याग्दीको बेनीबाट नारायणगढतर्फ जाँदै गरेको ग१ख ६१०८ नम्बरको बस बिहीबार विहान साढे ८ बजे दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार दुर्घटनामा ३६ जना घाइते भएका छन् ।

घाइतेहरुलाई अञ्चाल अस्पताल बागलुङमा लगिएको छ । गम्भीर घाइतेहरुलाई अन्यत्र लैजानको लागि नेपाली सेनाको हेलिकप्टर अञ्चाल अस्पताल बागलुङ पुगेको छ । मृतक र घाइतेहरुको परिचय खुल्न सकेको छैन ।

 दुर्घटनाको कारण खुलेको छैन । घाइते यात्रुहरुले भने तिब्र गतिका कारण बस दुर्घटनामा परेको बताएका छन् । सो सडक विहान १० बजेपछि मर्मतका लागि बन्द गरिने भएकाले चालकले बस तिब्र गतिमा चलाएको अनुमान गरिएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको पर्वत प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः बिहिबार, माघ ३, २०७५     11:27:46 AM  |

प्रतिक्रया दिनुहोस्