17 February 2019  |   आइतवार, फाल्गुन ५, २०७५

पर्वतमा बस दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या ७ पुग्यो

    | प्रकाशित मितिः बिहिबार, माघ ३, २०७५  

पर्वत । यहाँको कुश्मा नगरपालिका वडा नं. १ मालढुंगामा बस दुर्घटनामा परि मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारी अनुसार म्याग्दीको बेनीबाट नारायणगढतर्फ जाँदै गरेको ग१ख ६१०८ नम्बरको बस बिहीबार विहान दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार दुर्घटनामा ३१ जना घाइते भएका छन् ।

घाइतेहरुलाई अञ्चाल अस्पताल बागलुङमा लगिएको छ । गम्भीर घाइतेहरुलाई अन्यत्र लैजानको लागि नेपाली सेनाको हेलिकप्टर अञ्चाल अस्पताल बागलुङ पुगेको छ । मृतक र घाइतेहरुको परिचय खुल्न सकेको छैन ।

प्रकाशित मितिः बिहिबार, माघ ३, २०७५     11:39:15 AM  |

प्रतिक्रया दिनुहोस्