18 June 2019  |   मङ्लबार, असार ३, २०७६

सेतो मन्छ्रिन्द्रनाथको रंग रोगन अन्तिम चरणमा

    | प्रकाशित मितिः बिहिबार, माघ ३, २०७५  

काठमाडौं । आर्यावलोकितेश्वर, करुणामय, जमलेश्वर भनेर पूजिने सेतो मन्छिन्द्रनाथको (लं,पुं छायगु ) रंग रोगन अन्तिम चरणमा पुगेको छ ।

पौष शुक्ल पक्षको आज अष्टमी तिथि, प्रत्येक वर्ष जस्तै यस वर्ष पनि भगवान श्वेतमिच्छन्द्रनाथको महास्नान गर्ने परम्रा रहेको छ । हिन्दु ,बौद्ध तथा नाथ समुदायले श्रद्धापुर्बक पुजाआजा गर्ने सेतो मछिन्द्रनाथलाइ आज परम्पराअनुसार केलटोलस्थित मछिन्द्रबहालमा महास्नान गरिने परम्परा छ ।

अस्टमिको दिन सांझ मन्दिर बाट बाहिर निकाली मछिन्द्रबहालको प्रागणमा रहेको डवलिमा लगि राखिन्छ कुमारी घर बाट जिवित देबि श्री कुमारीमाता लाई मछिन्द्रबहालमा लगिन्छ । र स्व स्थानमा कुमारीमाता लाई ल्याईपुर्‍याए पश्चात् श्री मछिन्द्रनाथको महास्नान (नुहाउने )शुरु हुन्छ । मछिब्द्रनाथ लाई स्नान गराउन पानी शोभा भगवती स्थित भचाखुशी बात ल्याउने परम्परा रहि आएको छ। रंगोन पश्चात् पुर्णिामाका दिन मुर्ति लाई मन्दिर भित्र स्थापना गरिन्छ। भगवान सेतो मच्न्द्रिनाथलाई आयु तथा आरोग्यको दाता देवताको रुपमा पुज्ने गरिन्छ ।

धार्मिक सहिष्णुताको प्रतिकका रूपमा लिइने यस सेतो मन्छिन्द्रनाथलाई हिन्दु समुदायले वर्षा र सहकालको देवताको रुपमा पुज्छन् भने बौद्ध समुदायले करुणाका प्रतिक आर्यावलोकितेश्वरको रुपमा पुज्ने गर्दैछ्न ।

राजा यक्ष मल्लको पालामा पवित्र खोलामा नुहाएर स्वयम्भुनाथको दर्शन गरेमा मरे पछि सिधै स्वर्ग पुगिन्थ्यो भनेर मानिसहरुले आस्था राख्दथे । मृत्युको देवता यमराजले यो कुरा थाहा पाएर स्वयम्भुनाथको दर्शन गर्न आएको बेला फर्किन लाग्दा खेरि यक्ष मल्ल र उनका तान्त्रिक गुरु मिलेर यमराजलाई वशमा राखेको र उनीहरुले अमर हुने वरदान नदिए सम्म नछोेडेको  धार्मिक कथन छ ।

प्रकाशित मितिः बिहिबार, माघ ३, २०७५     5:00:04 PM  |

प्रतिक्रया दिनुहोस्