22 April 2019  |   सोमवार, बैशाख ९, २०७६

रेल किन्न स्वीकृति,पानी जहाजका लागि कार्यालय स्थापना हुँदै

    | प्रकाशित मितिः बिहिबार, माघ ३, २०७५  

काठमाडौ । सरकारले पानी जहाजका लागि कार्यालय स्थापना गर्ने भएको छ । सप्तकोशीमा पानी जहाज सन्चालनको प्रक्रिया शुरु भइरहेको बेला १६ जना कर्मचारीको दरबन्दीसहित पानीजहाज कार्यालय स्थापना गर्न लागिएको मन्त्री बास्कोटाले बताए ।

बिहिवार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले उपसचिवको नेतृत्वमा १६ जना कर्मचारी सहित पानी जहाज कार्यालयले काम थाल्ने बताए । उनले अब कागजको पानी जहाज होइन साँच्चै पानी जहाज चलाउन कार्यालय स्थापना भएको दावी गरे ।

यसैगरी उनले सरकारले रेल किन्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई स्वीकृति दिएको पनि जानकारी गराए ।  मन्त्री बास्कोटाले रेलगाडी खरिद गर्न स्वीकृत प्रदान गरिएको जानकारी दिए ।

सरकारले जनकपुर-जयनगर रेल सेवा फागुनदेखि नियमित सन्चालन गर्ने भएको छ । आफ्नै रेलगाडी किनेर सेवा सन्चालन गर्ने तयारी स्वरुप निर्णय भएको हो । नेपालले भारत र चीनसँग पनि रेलमार्गबाट जोडिने गरी तयारी भइरहेको छ ।

प्रकाशित मितिः बिहिबार, माघ ३, २०७५     5:28:51 PM  |

प्रतिक्रया दिनुहोस्