22 January 2020  |   बुधबार, माघ ८, २०७६

गजल : आँशुले परेला भिजाउँछु तिम्लाई केथा – अनुराग

    | प्रकाशित मितिः बिहिबार, माघ ३, २०७५  

गजल

हजारौं चाेटि सम्झिए बिर्सनका लागि।
कुनै दिन आफै बद्लिए बिर्सनका लागि।।

तिम्रा ती यादहरु त छुरा हुन् बारुद हुन्
मनै एउटा उपहार थिए बिर्सनका लागि।।

उन्लाई भुल्नका लागि बेस्सरी राेईदिए
घरकाे भित्तामा ठाेकिए बिर्सनका लागि।।

आँशुले परेला भिजाउँछु तिम्लाई केथा
याे छात्ति नै च्यातिदिए बिर्सनका लागि।।

हिजो क्रान्ति गरियो भट्टी भत्काईयाे
आज थाेरै मदिरा पिए बिर्सनका लागि।।
– जनक रावत ‘अनुराग’
अछाम

प्रकाशित मितिः बिहिबार, माघ ३, २०७५     7:35:05 PM  |

प्रतिक्रया दिनुहोस्