24 October 2019  |   बिहिबार, कार्तिक ७, २०७६

१६ बर्षिय वालिकालाई सामुहिक बलात्कार गर्ने चार युवा पक्राउ

    | प्रकाशित मितिः बिहिबार, माघ ३, २०७५  

स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बिरुवा गाँउपालिकाकी १६ बर्षिय वालिकालाई सामुहिक बलात्कार गर्ने चार युवालाई पक्राउ गरेको छ । टेलिफोनबाट सम्पर्क गरि ललाई फकाई नजिकैको गाँउपालिका ५ स्थित छेउडाडामा बोलाएर डर धम्की समेत देखाई वालिकालाई सामुहिक करणी पछि उनीहरु भागेका थिए ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुले प्रयोग गर्ने मोटरसाईकल सहित पक्राउ गरिएको सुचना अधिकारी प्रहरी निरिक्षक विजयकुमार सिंहले जानकारी दिनुभयो । माघ १ गते राती वालिकालाई सामुहिक बलत्कार गरेको खुलासा भएको छ ।

पक्राउ पर्नेमा जिल्ला तनहु शुक्लागण्डकी ४ बस्ने प्रशान्त थापा, सोही ठाँउ बस्ने विजय श्रेष्ठ र अन्जन श्रेष्ठ, सिन्धुली जिल्ला पिपलमाडी गाँउपालिका ३ घर भई सोही स्थानमा बस्ने बिक्रम राई रहेका छन् । प्रहरीले उनीहरुले प्रयोग गर्ने ग ४ प ४३९५ र ग ४ प ७९०७ नम्वरको मोटर साईकल समेत नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अगाडी बढाएको जनाएको छ । प्रशान्त थापा सगँ ति बालिकाको टेलिफोनमा कुराकानी भइरहने र सो दिन प्रशान्त साथीहरु समेत लिएर गई उनी माथी करणी गरेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मितिः बिहिबार, माघ ३, २०७५     9:46:54 PM  |

प्रतिक्रया दिनुहोस्