18 June 2019  |   मङ्लबार, असार ३, २०७६

मुलुकमै पहिलो पटक सुर्खेतमा तत्कालको मौसमी सूचना दिने वेदर राडार केन्द्र स्थापना

    | प्रकाशित मितिः शुक्रबार, माघ ४, २०७५  

काठमाडौं । तत्कालिक यथार्थ मौसमी सूचना बताउने ‘वेदर राडार केन्द्र’ सञ्चालनमा आएको छ । केन्द्रले बादलका विविध प्रकृति निगरानी गर्दै तत्कालिन तथ्यांक उपलब्ध गराउँदै भविष्यको नतिजा आंकलन गर्न सघाउछ ।

केन्द्रले बादल, बादलको प्रकार, बादलमा रहेको पानीको मात्रा, चट्याङ पार्न सक्ने बादलको प्रकृति, हिमपात, असिनाको पूर्वानुमान गर्दै वर्षा र अन्य मौसमी विवरण उपलब्ध गराउँछ ।

सुरक्षित हवाई माग पहिचान र आम जनमानससँग जोडिएका विविध सूचना सम्प्रेषणका लागि मुलुकमै पहिलो पटक सुर्खेतमा वेदर राडार स्थापना भएको हो ।सुर्खेतको विरेन्द्रनगर नगरपालिका–१३ रातानाङ्ला डाँडामा स्थापना भएको केन्द्रले २ सय किलोमिटर वरिपरिको मौसमी तथ्यांक अद्यावधिक गर्छ ।
विश्व बैंकको करिव ३० करोड रुपियाँको आर्थिक सहयोगमा स्थापना भएको केन्द्रले केही सातायता परीक्षण शुरु गरेको छ । इन्टरप्राइजेज इलेक्ट्रोनिक कर्पोरेसन (ईईसी) नामक अमेरिकी कम्पनीले ग्लोबल टेन्डरमार्फत राडर केन्द्र स्थापनाको स्वीकृती पाएकोमा सोही कम्पनीले अहिले राडार परीक्षण गरेको हो ।

परीक्षण सफल भइरहेको बताउँदै जल तथा मौसम विज्ञान विभागका महानिर्देशक सरजु कुमार वैद्यले नेपाल समाचारपत्रसँग भन्नुभयो–‘राडारको अपरेसनल टेस्ट भइरहेको छ कुनै प्राविधिक गडबढी नआएको खण्डमा इइसीले यही माघ १३ गतेपछि विभागलाई हस्तान्तरण गर्दैछ ।’-nepal samacharpatra

प्रकाशित मितिः शुक्रबार, माघ ४, २०७५     6:28:26 AM  |

प्रतिक्रया दिनुहोस्