22 September 2019  |   आइतवार, अशोज ५, २०७६

अर्को सातादेखि कर्मचारी समायोजन प्रक्रिया सुरु

    | प्रकाशित मितिः शुक्रबार, माघ ४, २०७५  

काठमाडौं ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अर्को सातादेखि कर्मचारी समायोजन प्रक्रिया अघि बढाउने भएको छ ।
अनलाइनमार्फत आवदेन दिएका कर्मचारीहरुको तथ्यांक एकिकृत गर्ने काम सकिएपछि कर्मचारी समायोजन थाल्ने मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो ।

कर्मचारीहरुलाई आफू समायोजन हुन चाहेको तह वा स्थान प्राथमिकता क्रमअनुसार एकभन्दा बढी रोज्ने विकल्प थियो । फारम भर्ने म्याद सकिएपछि डाटा प्रोसेसिङका लागि केही समय लाग्छ,’ मन्त्रालयका प्रवक्ता एव सहसचिव अधिकारीले भन्नुभयो ‘सम्भवतः अर्को साताबाट कर्मचारीको समायोजन प्रक्रिया सुरु हुन्छ ।’

माथिल्लो तहका कर्मचारी अर्थात सचिव र सहसचिवबाट समायोजनको काम सुरु गर्ने पनि मन्त्रालयले जनाएको छ । कर्मचारी समायोजनका लागि फारम भर्ने म्याद बुधबार राति १२ बजेपछि सकिएको छ । मन्त्रालयले २१ दिने म्याद राखेर गत पुस १३ गतेदेखि अनलाइन आवेदन फारम खुल्ला गरेको थियो।मन्त्रालयका अनुसार झन्डै ७५ हजारको हाराहारीमा कर्मचारीले समायोजनको आवदेन दिएको छ ।

यसैगरी समायोजन नरोज्ने कर्मचारी करिब २५ हजारको हाराहारीमा रहेका छन् । महालेखा परीक्षक अन्तर्गतका कर्मचारीहरुले समायोजन फारम भर्नु पर्दैन । त्यसैगरी अवकाश हुन केही समय बा“की भएकालाई पनि फारम भर्न अनिवार्य छैन । तर फारम नभरेकालाई पनि समायोजन गर्न बाधा नपर्ने कर्मचारी समायोजन अध्यादेशमा व्यवस्था छ । तोकिएको समयावधिसम्म पनि समायोजनमा जान चाहेन भने सरकारले पठाउने पनि बताइएको छ । -nepalsamacharpatra

 

प्रकाशित मितिः शुक्रबार, माघ ४, २०७५     6:30:59 AM  |

प्रतिक्रया दिनुहोस्