18 June 2019  |   मङ्लबार, असार ३, २०७६

कांग्रेस नेता तथा काङ्ग्रेस कास्कीका पूर्वसचिव केशव रेग्मीको निधन

    | प्रकाशित मितिः शुक्रबार, माघ ४, २०७५  

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा नेपाली कांग्रेस कास्कीका पूर्वसचिव केशव रेग्मीको निधनको उपचारका क्रममा आज निधन भएको छ ।

लामो समयदेखि श्वासप्रश्वासको रोगबाट ग्रसित रेग्मीको उपचारका क्रममा निधन भएको नेपाल पत्रकार एंव न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले जानकारी दिए । उनको आजै पशुपति आर्यघाटमा अन्तेष्टि गरिएको छ । उनको पार्थिव शरिरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइरालाले पार्टीको झण्डा ओढाएका थिए ।

विक्रम सम्वत २०२३ सालमा गण्डकी छात्रा समितिको स्थापनाकालका सदस्य एंव नेपाल बिद्यार्थी संघको स्थापना रेग्मीको ठुलो योगदान रहेको कांग्रेस वरिष्ठ नेता पौडेलले जारी गरेको शोक वक्तब्यमा उल्लेख छ ।

‘२०२३ सालमा गण्डकी छात्रा समिति गठन गर्दा केशव जी र हामीले एकैसाथ काम गरेका थियौ । त्यो पछि गण्डकी साहित्य सम्मेलन गरेको मलाई अहिले पनि संझना छ । उहाँ गण्डकी छात्रा समितिको सदस्य पनि हुनुभएको थियो ।

प्रकाशित मितिः शुक्रबार, माघ ४, २०७५     11:34:36 AM  |

प्रतिक्रया दिनुहोस्