22 April 2019  |   सोमवार, बैशाख ९, २०७६

प्रधानमन्त्री अ‍ोली आइतबार स्विजरल्याण्ड जाने

    | प्रकाशित मितिः शुक्रबार, माघ ४, २०७५  

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली माघ ६ गते आइतबार स्विजरल्याण्डको डाओस प्रस्थान गर्ने भएका छन् । डाओसमा हुने विश्व आर्थिक मञ्चको वार्षिक फोरममा सहभागी हुन पहिलो पटक नेपालले निमन्त्रणा पाएको हाे ।

जनवारी २२ देखि २५सम्म चल्ने सोही फोरममा सहभागी हुन त्यसतर्फ जान लागिएको प्रधानमन्त्री ओलीले जानकारी गराए ।
शुक्रबार संसदमा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा उनले सो जानकारी गराएका हुन् ।

नेपालको पनि विचार सुन्नु आवश्यक छ भनेर दुनियाको ध्यानाकर्षण भएको अर्थमा बुझ्न प्रधानमन्त्री ओलीले आग्रह गरे ।

यता प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले ओलीको स्वीट्जरल्याण्ड भ्रमण फलदायी हुने
दाबी गरेका छन् । शुक्रबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै डा. भट्टराईले प्रधानमन्त्रीको माघ ६ देखि १२ सम्म हुने उक्त भ्रमण र स्वीट्जरल्याण्डको डाबसमा हुन लागेको ‘वल्र्ड इकोनोमी फोरम’ नेपालमा लगानीको वातावरण निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले प्रधानमन्त्रीले यो फोरममार्फत नेपालको आफ्नो आर्थिक पोलिसीपनि सेयर गर्ने बताए । मुलुकमा संविधान निर्माण भई स्थिर सरकार बनेको बताउँदै मुलुकले लिएको आर्थिक विकासको लक्ष्यलाई पुरा गर्न सम्मेलनले ठूलो सहयोग पुग्ने उनको भनाई छ ।

प्रकाशित मितिः शुक्रबार, माघ ४, २०७५     5:32:14 PM  |

प्रतिक्रया दिनुहोस्