24 October 2019  |   बिहिबार, कार्तिक ७, २०७६

राप्रपाले भन्यो – विदेशी बैंकमा राखिएको अवैध धनबारे सत्यतथ्य छानबिन गरियोस

    | प्रकाशित मितिः शुक्रबार, माघ ४, २०७५  

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले गैरकानुनी रुपमा विदेशी बैंकमा अवैध धन राखेको बारे छानबिन गरि सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।

राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको शुक्रबार बसेको   बैठकले विदेशमा राखिएको अबैध सम्पत्तिको छानबिन गरि संकास्पद खाता रोक्का, रकम जफत र कानुनी कारबाही गर्नुपर्ने माग राखेको हो । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको बैठकले ऐतिहासिक स्थल तथा देवी देवताहरुको नाममा स्थापना गरिएका सशस्त्र प्रहरीका गण तथा गुल्महरुको नाम परिवर्तन गरिएको प्रति आपत्ति जनाएको छ ।

सरकारले सशस्त्र प्रहरी गण, गुल्मको नाम परिवर्तन गर्ने कार्य पूर्वाग्रहपूर्ण र संकीर्ण मानसिकताको उपज भन्दै बैठकले यसलाई सामान्य घटना मात्रै नभइ हिन्दुत्व र हिन्दु मान्यता विरुद्ध भइरहेको षड्यन्त्रको नियमित श्रृङखलाको रुपमा लिएको छ ।

बैठकले सामाजिक, सांस्कृतिक सदभावमा असर पार्ने, राष्ट्रिय एकतामा खलल पु¥याउने र संवेदनशील सुरक्षा निकायमा मतभेद उत्पन्न हुन सक्ने सम्भावनालाई दृष्टिगत गरि सो निर्णय अबिलम्ब फिर्ता लिन माग गर्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मितिः शुक्रबार, माघ ४, २०७५     5:40:42 PM  |

प्रतिक्रया दिनुहोस्