22 April 2019  |   सोमवार, बैशाख ९, २०७६

हँथौडा प्रहार गरी एक व्यक्तिको हत्या

    | प्रकाशित मितिः शुक्रबार, माघ ४, २०७५  

सल्यान । सल्यानमा हँथौडा प्रहार गरी एक व्यक्तिको हत्या भएको छ । शिद्धकुमाख गाउँपालीका– २ सल्लाघारी निवासी ४७ वर्षीय शालीकराम चलाउनेले सोही ठाउँका ४२ वर्षीय यमन बोहरालाई हँथौडा प्रहार गरेको प्रहरीले जनाएको छ । 

छोराको बिहेको निम्ता दिन चलाउनेको घर पुगेका बोहरालाई हँथौडाले हान्दा उनको घटनास्थलमै मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालयका सुचना अधिकृत इन्सपेक्टर गिरीराज भण्डारीले बताए । शुक्रबार बिहान ८ बजे चलाउनेको घरमा निम्ता दिन पुगेका बोहरालाई टाउकोमा हथौडाले प्रहार गरी हत्या गरिएको उनले बताए ।

घटना पश्चात  चलाउने फरार रहेका थिए । उनलाई कुमाखको टुप्पोबाट शुक्रबार बेलुका पक्राउ गरीएको  प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएको छ ।

प्रकाशित मितिः शुक्रबार, माघ ४, २०७५     8:47:35 PM  |

प्रतिक्रया दिनुहोस्