22 August 2019  |   बिहिबार, भदौ ५, २०७६

शिकार खेल्न गएका साथीले बोकेको बन्दुक पड्किँदा एक युवकको मृत्यु

    | प्रकाशित मितिः शुक्रबार, माघ ४, २०७५  

ताप्लेजुङ। शिकार खेल्नसँगै गएका साथीले बोकेको बन्दुक पड्किँदा एक युवकको मृत्यु भएको छ ।

ताप्लेजुङकाे फक्ताङलुङ गाउँपालिका–४ इखाबुका ३७ वर्षीय देवीबहादुर लिम्बूको शिकार खेल्ने क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए । उनको घटनास्थलमा नै ज्यान गएको हो ।

शिकार खेल्न क्रममा सुरेन्द्र तामाङले लोड गरेर बोकेको बन्दुक हातबाट झरेर पहरामा ठोकिँदा पड्किएर छर्राले लागेर लिम्बूको मृत्यु भएको थापाले बताए । तामाङलाई शुक्रबार जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान थालिएको थापाले जानकारी दिए ।

प्रकाशित मितिः शुक्रबार, माघ ४, २०७५     8:50:41 PM  |

प्रतिक्रया दिनुहोस्