22 April 2019  |   सोमवार, बैशाख ९, २०७६

भारतीय दूधको आयातमा रोक

    | प्रकाशित मितिः शुक्रबार, माघ ४, २०७५  

नेपालगञ्ज । बाँकेको सीमावर्ती भारतीय गाउँबाट नेपाल भित्रिने दूधको अवैध आयातमा पूर्णरुपमा रोक लगाइएको छ । यहाँस्थित भन्सार कार्यालयले दूधको आयात गर्न पूर्णरुपमा रोक लगाइएपछि दूध उत्पादक कृषक खुशी भएका छन् ।

केन्द्रीय नीतिअनुसार भन्सारले मुख्य भन्सार बिन्दु र अन्य नाकाबाट अवैध दूध आयातको कार्य रोकेको हो ।यसअघि भन्सारको मूलद्वारबाटै दैनिक सयौँ लिटर दूध नेपालगञ्ज भित्रिने गरेको थियो ।भारतबाट दूध आयातले गुणस्तरीयता र बिक्री वितरणको समस्याले नेपाली किसानलाई मर्का परेको थियो ।

प्रकाशित मितिः शुक्रबार, माघ ४, २०७५     9:13:53 PM  |

प्रतिक्रया दिनुहोस्