19 July 2019  |   शुक्रबार, साउन ३, २०७६

प्रेस स्वतन्त्रता सेनानी ‘चाचाजी’ को जीवनमा आधारित वृत्तचित्र प्रदर्शन गरिने

    | प्रकाशित मितिः शुक्रबार, माघ ४, २०७५  

बाँके । प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्त ‘चाचाजी’ को जीवनमा आधारित बृत्तचित्र नेपालगन्जमा प्रदर्शन गरिने भएको छ। पत्रकार सन्तोष रेग्मीद्वारा निर्देशित उक्त बृत्तचित्र नेपाल प्रेस युनियन बाँकेको संयोजनमा यही माघ १५ गते प्रदर्शन गरिने भएको हो। 

नेपालगन्ज निवासी प्रेस स्वतन्त्रता सेनानी ‘चाचाजी’ नेपाल प्रेस युनियन बाँकेको संस्थापक अध्यक्ष हुन्। विगत चार दशकभन्दा बढी समयदेखि प्रकाशित हुँदै आएको ‘किरण साप्ताहिक’ का प्रकाशक/सम्पादक समेत रहेका ९० वर्षीय गुप्तको विशेष आग्रहमा युनियनले उक्त बृत्तचित्र प्रदर्शन गर्ने निर्णय गरेको अध्यक्ष जयनारायण शाहले बताए।

बृत्तचित्र प्रदर्शनी गरेर संकलन भएको रकम पन्नालाल गुप्त पत्रकारिता पुरस्कार कोषमा जम्मा गरिने उनले जानकारी दिए। बृत्तचित्र प्रदर्शनीका लागि युनियन बाँकेको कार्यसमिति बैठकले शुक्रबार एक तयारी समिति गठन गरेको छ। युनियनका केन्द्रिय सदस्य जयसिंह केसीको संयोजकत्वमा समिति गठन गरिएको हो।

बैठकमा युनियनका केन्द्रिय उप–महासचिव प्रेम केसीले पत्रकारितामै आफ्नो जीवन समर्पित गरेका प्रेस स्वतन्त्रता सेनानी ‘चाचाजी’ को बृत्तचित्र अवलोकन गर्न पाउनु बाँकेबासीका लागि महत्वपूर्ण अवसर भएको बताए। बृत्तचित्र प्रदर्शनी कार्यक्रमलाई भब्य बनाउन युनियनले कुनै कसर बाँकी राख्न नहुनेमा उनले जोड दिए।

 

प्रकाशित मितिः शुक्रबार, माघ ४, २०७५     9:20:16 PM  |

प्रतिक्रया दिनुहोस्