22 April 2019  |   सोमवार, बैशाख ९, २०७६

हवाई इन्धन क्षमता निकै न्यून,भण्डारण १२ दिनलाई पनि पुग्दैन

    | प्रकाशित मितिः शनिबार, माघ ५, २०७५  

काठमाडौं । नेपालको हवाई इन्धन क्षमता जम्मा ८ हजार ५०६ किलोलिटर छ । मागका आधारमा हवाई इन्धन क्षमता निकै न्यून रहेको नेपाल आयल निगमले जानकारी दिएको छ ।

निगमका अनुसार इन्धनको मागलाई हेर्ने हो भने निगमसँग भण्डारण भएको इन्धन क्षमताले १२ दिनलाई पनि धान्दैन । नेपालका ३६ स्थानमा आन्तरिक उडान हुँदै आएको छ । नेपालमा उडान हुने अन्तराष्ट्रिय तथा यहाँका आन्तरिक उडान भर्ने विमान नेपालमै इन्धन भर्ने गर्छन् ।

अन्तराष्ट्रिय उडानले नपुग इन्धन मात्र काठमाडौंमा भर्ने गर्दा पनि नेपालको इन्धन भण्डारण क्षमता अत्यन्तै न्यून रहेको छ । नेपाल आयल निगमका आपूर्ति तथा वितरण शाखाका  उपनिर्देशक विनित उपाध्ययका अनुसार दैनिक हवाई खपत ६५० किलोमिटर छ ।

जसमध्ये ४५० किलोमिटर अन्तराष्ट्रिय उडानमा खपत हुने गरेको छ ।२ सय किलोमिटर आन्तरिक उडानमा खपत हुने गर्छ । हाल निगमसँग हवाई इन्धन डिपो आप्ूर्ति विन्दु पाँच ठाउँमा छन् । -राजधानी दैनिक

प्रकाशित मितिः शनिबार, माघ ५, २०७५     7:17:47 AM  |

प्रतिक्रया दिनुहोस्