22 April 2019  |   सोमवार, बैशाख ९, २०७६

स्विस बैंक रकम प्रकरण बारे सरकारले छानबिन गर्ने

    | प्रकाशित मितिः शनिबार, माघ ५, २०७५  

काठमाडौं।  स्विस बैंकमा ५५ नेपालीको शंकास्पद रकम रहेको बारेमा सरकारले छानबिन गर्ने भएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले स्विस बैंकमा पैसा रहेका भनिएका व्यक्तिमाथि छानबिन गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई निर्देशन दिएको छ ।

खोज पत्रकारिता केन्द्रले आईसीआईजेसँगको समन्वयमा गरेको खोजमा ५५ नेपालीले स्विस बैंकमा शंकास्पद रूपमा पैसा राखेको दाबी गरेको थियो ।

त्यस सम्बन्धमा सत्यतथ्य पत्ता लगाई छानबिन गर्न शुद्धीकरण विभागलाई निर्देशन दिइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री कार्यालयको सम्पत्ति शुद्धीकरण तथा सुशासन हेर्ने महाशाखाले शुक्रबार सम्पति शुद्धीकरण अनुसन्धान विभागलाई पत्राचार गर्दै स्विस बैंकमा राखिएको पैसा र नेपालीका बारेमा अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।-rajdhanidaily

प्रकाशित मितिः शनिबार, माघ ५, २०७५     7:27:08 AM  |

प्रतिक्रया दिनुहोस्