22 September 2019  |   आइतवार, अशोज ५, २०७६

दुई वटा सवारीसाधनमा आगजनी

    | प्रकाशित मितिः शनिबार, माघ ५, २०७५  

सुर्खेत । वन्दको अवज्ञा गरेको भन्दै नेपाल कम्यूनिष्ट पार्टी विप्लव समुहले सुर्खेतमा २ वटा सवारीसाधनमा आगजनी गरेको छ ।
आज विहान सुर्खेतको पश्चिम वडिचौरमा र सुर्खेतको सत्तरीमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । आजगनी भएको सुचना पाए लगत्तै प्रहरी परिचालन गरिएको र क्षतिको थप विवरण आउन वाँकी रहेको प्रहरीले वताएको छ ।

आजगनी भएको २ वटै मालवाहक ट्रक भएको समेत प्रहरीले वताएको छ । वन्दका कारण सुर्खेतवाट चल्ने लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् ।

यहि पौष २२ गते बिधार्थीहरुको जिल्ला सम्मेलनको अवस्थामा जिल्ला भेरी ब्यूरो सदस्य गोविन्द योगी र अनेरास्वयु क्रान्तिकारी सुर्खेतका अध्यक्ष कमल बुढालाई झुट्ठा मुद्धामा गिरफ्तार गरेकोले तत्काल रिहाईको माग गर्दै बन्दको घोषण गरेको विप्लव समुहका सुर्खेत जिल्ला सेक्रेटरी यमराजले वताएका छन् ।

प्रकाशित मितिः शनिबार, माघ ५, २०७५     8:27:07 AM  |

प्रतिक्रया दिनुहोस्