16 June 2019  |   आइतवार, असार १, २०७६

मुलुकको रक्षार्थ सैनिन शासनको मागसहित वीरगन्जमा पाञ्चायन पुजा

    | प्रकाशित मितिः शनिबार, माघ ५, २०७५  

काठमाडौ । राष्ट्र,राष्ट्रियता र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि मुलुकमा सैनिन शासन आवस्यकता भएको भन्दै वीरगन्जमा पाञ्चायन पुजा गरिएको छ ।

वर्तमान दलिय शासन व्यवस्थाबाट मुलुकको अस्तित्व धरापमा परेको, नेपाल र नेपाली जनताको रक्षाका लागि अब सेनाले कदम चाल्नुपने एकमात्र विकल्प रहेको भन्दै स्वतन्त्र नेपाली नागरिक अभियान्ता राकेश कुमार शर्माले धार्मिक बिधिसहित वीरगन्जको घण्टाघरमा आज पाञ्चायन पुजा गरेका हुन । पुजा पण्डित कमल घिमिरेले गरेका थिए ।

हेटौंडा निवासी शर्माले मुलुकमा ढण्डहिनताको अन्त्य, मनपरितन्त्र, फटाहतन्त्र, व्यापक भ्रष्टाचार जस्ता विकृतिहरु हटाउन, राष्ट्रहित र राष्ट्रको विकासको लागि देशले  बडामहाराजधिराज पृथ्वीनारायण शाह, श्री ५ महेन्द्र शाह र श्री ३ जंग बहादुर राणाजस्ता सैनिकको आवश्यकता रहेकोले देश डुब्नबाट बचाउ नेपाली सेनाले यथासक्य कदम चालोस भन्नका लागि पुजा गरिएको बताए । शर्माले यसअघि पनि काठमाडौको  भद्रकाली मन्दिरमा पुजा गरेका थिए ।

दलहरुको सत्ता मोहको हावीले देशमा आर्थिक स्थित धरासायी बन्यो,गणतन्त्रको नाममा मुलुकको अस्मिता समाप्त पार्ने चलखेल तीब्र बन्यो यसैबाट जनता र देशको दुर्दशा सुरु भएकाले अब मुलुक बचाउन सेनाले एक्सन लिनुपर्छ भन्दै आफुले धार्मिक विधिसहित पुजा गर्दै आएको शर्माले बताए ।

प्रकाशित मितिः शनिबार, माघ ५, २०७५     3:53:58 PM  |

प्रतिक्रया दिनुहोस्