10 December 2019  |   मङ्लबार, मंसिर २४, २०७६

११ हजार भाेल्टेजकाे नाङ्गाे तारले माेटरसाईकको लेगार्ड छुँदा करेन्ट लागेर दुई युवाको मृत्यु

    | प्रकाशित मितिः शनिबार, माघ ५, २०७५  

जनकपुरधाम । नेपाल विद्युत प्राधिकरणको लापरर्वाहीले धनुषामा दुई जनाको मृत्यु भएको छ । धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. १२ मा ११ हजार भोल्टको नाङ्गो तारले दुई जनाको मृत्यु भएको छ ।

एघार हजार भोल्टको नाङ्गो तार बाटोमा भएकाले माटरसाईकलको लेगार्र्ड त्यसमा छोएपछि एकजनालई करेन्ट लागेको थियो । बचाउँन जाँदा अर्को ब्यक्तिको पनि करेन्ट लागेर मृत्यु भयो ।

मृत्य हुनेमा सिरहा घर भई हाल जनकपुरधाममा बस्दै आएका जगरनाथ साह र धनुषा मिथिलेश्वर मवाहीका परमेश्वर मण्डल रहेको छ । ज ८ प ७७०९ नम्बरको बुलेट मोटरसाईकलमा गईरहेको वेला उनीहरुलाई करेन्ट लागेको थियो ।

एघार हजार भोल्टको नाङ्गो तार बाटोमा भएकाले माटरसाईकलको लेगार्र्ड त्यसमा छोएपछि एकजनालई करेन्ट लागेको थियो । बचाउँन जाँदा अर्को ब्यक्तिको पनि करेन्ट लागेर मृत्यु भयो । नेपाल विद्युत प्राधिकरणको लापरवाहिका कारण यस भन्दा पहिला पनि यस्तो घटना भई सकेको छ ।

जमिन भएको व्यक्तिले नाङ्गो तार जमिनमा खसेको गुनासो गर्दा पनि नेपाल विधुत प्राधिकरणले अटेरी गर्दा जमिनमा अलपत्र रुपमा तार खसेको थियो । मृतकहरुलाई जनकपुर अञ्चल अस्पतालमा पठाईएको छ ।

प्रकाशित मितिः शनिबार, माघ ५, २०७५     7:55:19 PM  |

प्रतिक्रया दिनुहोस्