16 June 2019  |   आइतवार, असार १, २०७६

हिन्दु धर्ममाथि शृङ्खलात्मक आक्रमण,देवी देवताको नाममा राखिएका शसस्त्र प्रहरीका गुल्म र बाहिनीको नाम परिवर्तन ,चौतर्फी विरोध

    | प्रकाशित मितिः शनिबार, माघ ५, २०७५  

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलको पुनर्संरचनाका नाममा देशभरका बाहिनी तथा गणहरुको ऐतिहासिकस्थल तथा देवी–देवताका नाममा राखिएका नामहरु परिवर्तन गर्ने  निर्णयको विरोध हुन थालेको छ ।

पुनर्संरचनाका नाममा देवी देवताको नाममा राखिएका शसस्त्र प्रहरीका बाहिनी तथा गुल्मको नाम हटाउनु सामान्य घटनामात्रै नभइ हिन्दुत्व र हिन्दु मान्यताविरुद्ध भइरहेको षड्यन्त्रको नियमित शृंखला भएको भन्दै राष्ट्रिय सरोकार मञ्च (नेपाल)ले आपत्ती जनाएको छ । मंचले आज एक प्रेस बिज्ञपति जारी गर्दौ सरकारको यश निर्णय लाई  दुःखद् र दुर्भाग्यपूर्ण भएको जनाएको छ ।

सम्पुर्ण हिन्दु नेपाली नागरिकमाथि आच आउने गरि सरकारले गरेको यो निर्णय कदापी स्वीकार्य नहुने जारी बिज्ञप्तीमा उल्लेख छ । पुनर्संरचनाका नाममा हिन्दु धर्म,सस्कृतीको नाम निशान मेटाउने गणतान्त्रिक सरकारको श्रृङ्गखलाबद्द आक्रामकको निरन्तर पराकाष्ठा भएको जनाइएको छ ।

यसअघि शुक्रबार बसेको राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समेत सरकारको उक्त निर्णय संर्कीण र पूर्वाग्रहपूर्णको उपज भएको भन्दै बिरोध जनाइसकेको छ ।

सरकारको यो निर्णयले कालान्तरमा सामाजिक, सांस्कृतिक सद्भावमा असर पार्ने, राष्ट्रिय एकतामा खलल पुर्‍याउने र संवेदनशील सुरक्षा निकायमा मतभेद उत्पन्न हुनसक्ने सम्भावना भएकाले निर्णय फिर्ता लिन मागसमेत गरेको छ ।

हालसम्म सशस्त्र प्रहरीका देशभर ८ बाहिनी र ३६ ओटा गुल्म रहेका छ्न । ती सवैको नाम देवी देवता र धार्मिकस्थलको नामबाट राखिएको थियोे ।

प्रकाशित मितिः शनिबार, माघ ५, २०७५     8:10:43 PM  |

प्रतिक्रया दिनुहोस्