22 April 2019  |   सोमवार, बैशाख ९, २०७६

धारिलो हतियार प्रयोग गरी एक युवकको हत्या,तीन जना घाइते

    | प्रकाशित मितिः शनिबार, माघ ५, २०७५  

अत्तरिया। कैलालीमा धारिलो हतियार प्रयोग गरी एक युवकको हत्या गरिएको छ। अत्तरियामा चलिरहेको प्रादेशिक महोत्सव सकिएपछि घर फर्किने बेला दुई समूहविच भएको झडपका क्रममा धारिलो हतियार प्रहार हुदा गोदावरी नगरपालिका १ का १९ वर्षिय अरुण भट्टको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक आभुषण तिम्सिनाले अत्तरियामा चलिरहेको प्रादेशिक महोत्सव सकिएपछि घर फर्किने बेला भएको झडपका क्रममा धारिलो हतियार चलाउदा भट्टको मृत्यु भएको बताए। उनका अनुसार मृतक भट्टको दाँया र बाँया छातीमा गहिरो चोट छ।हतियार यो नै हो भन्न नसकिएपनि चोट हेर्दा  खुकुरी वा चक्कु हुनसक्ने प्रहरीको अनुमान छ।

भट्टको सेती अञ्चल अस्पताल ल्याउदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक आभुषण तिम्सिनाले जानकारी दिए। झडपमा भट्ट समूहका थप तीन जना घाइते भएका छन्।  घाईते हुनेहरुमा गोदावरी–१ कै सविन कटेल, गणेश राई र राजेश नेपाली रहेको तिम्सिनाले बताए।

मृतकको शव सेती अञ्चल अस्पतालमा राखिएको छ।  झडपमा संलग्न भई हतियार प्रहार गर्ने समूहको पनि पहिचान भइसकेको प्रहरीले बताएको छ। तर उनीहरुको नाम भने गोप्य राखिएको छ।

प्रकाशित मितिः शनिबार, माघ ५, २०७५     9:56:34 PM  |

प्रतिक्रया दिनुहोस्