22 April 2019  |   सोमवार, बैशाख ९, २०७६

मकैमा परनिर्भरता बढ्दो

    | प्रकाशित मितिः आइतवार, माघ ६, २०७५  

काठमाडौं । कुखुराको मासु र अण्डामा मुलुक आत्मनिर्भर भनिए पनि कुखुराको दानाको मुख्य कच्चा पदार्थ मकैमा भने बर्सेनि परनिर्भरता चुलिँदो छ । यसबाट नेपाली पैसा विदेशिएको मात्र नभई फस्टाउँदो कुखुरा पालनमाथि नै चुनौती थपिएको छ ।

‘कृषिप्रधान भनिए पनि नेपालमा उत्पादित मकैले दाना उद्योगको वार्षिक आवश्यकताको ३० प्रतिशतमात्रै माघ पुरा गर्छ, बाँकी परिमाणका लागि हामीले भारत, चीन र अमेरिकालगायतका देशबाट आयात नगरी सुखै छैन,’ नेपाल दाना उद्योग संघका अध्यक्ष रबिन पुरीले भने ।

नेपालका उच्च पहाड, पहाड र तराई गरी सबै भूभागमा खेती हुने मकैलाई धानपछिको दोस्रो मुख्य बालीमा गनिन्छ र तथ्यांकले पनि त्यही पुष्टि गर्छ । तर पछिल्ला वर्ष मकै आयात नगरेसम्म दाना उद्योग वर्षभरी चल्न सक्ने अवस्था छैन ।–नागरिक दैनिक

प्रकाशित मितिः आइतवार, माघ ६, २०७५     7:00:58 AM  |

प्रतिक्रया दिनुहोस्