22 April 2019  |   सोमवार, बैशाख ९, २०७६

१६ पटक गोली हानेर अश्वेत युवाको हत्या गर्ने प्रहरीलाई ८१ महिना जेल

    | प्रकाशित मितिः आइतवार, माघ ६, २०७५  

सिकागो । अमेरिकाको सिकागो शहरका एक जना पूर्वप्रहरी अधिकृतलाई अश्वेत युवाको हत्या गरेको अभियोगमा ८१ महिना जेल सजायको फैसला सुनाइएको छ । 

सन् २०१४ मा गोली प्रहार गरी ती व्यक्तिको हत्या गरेको अभियोगमा जेल सजाय सुनाइएको अधिकारीहरुले जनाएका छन् ।

श्वेत प्रहरी अधिकृत जासन भान डिकेले १७ वर्षका अश्वेत लाक्वान म्याकडोनाल्डलाई १६ पटक गोली हानेर हत्या गरेको अभियोग लगाइएको थियो । घटना भएको सिकागो शहर अमेरिकाको तेस्रो ठूलो सहर मानिन्छ ।

म्याकडोनाल्डले सन् २०१४ को अक्टोबर २० तारिखको रातमा एउटा ट्रकमा तोडफोड गरेको उजुरु परेको थियो । त्यतिबेला भान डिके एक जना प्रहरी अधिकृतका रुपमा कार्यरत थिए ।

एकदिन लामो सुनुवाईपछि न्यायधिशहरुले ती व्यक्तिलाई छ बर्ष नौ महिना लामो जेल सजायको फैसला सुनाएका हुन् । कारावासमा उनले आफ्नो व्यवहार सुधारेमा आधा मात्रै सजाय पनि हुन सक्ने फैसलामा उल्लेख गरिएको छ । रासस/सिन्ह्वा

प्रकाशित मितिः आइतवार, माघ ६, २०७५     7:03:39 AM  |

प्रतिक्रया दिनुहोस्